नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1493 · वि.सं. २०३८

नि.नं. 1493 — गैरकानूनी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लगतबमोजिम मुआब्जा पाउने व्यक्तिले पाएको छैन भन्ने यो उजूरी नभएको भू–आर्जन कार्यालयले पठाएको लगतबमोजिम पाउने रुपैयाँको बैंकको चेकमा सहिछाप गर्ने कर्तव्य तोकिएको अफिसर यी प्रतिवादीहरू देखिन्छन् लियो खायो भन्ने यिनीहरू उपरको उजूरी नभई गुठी उपरको मुआब्जाको रुपैयाँ महत पुरुषोत्तम दासलाई दिएको भन्ने आरोप लागेकोमा भू–आर्जनको लगतलाई चेक गर्ने, बिना उजूरको निर्णय गर्ने अधिकार नभएको व्यक्तिले त्यो काम गरेन भनी दोष लगाउन हुँदैन तसर्थ पुनरावेदक प्रतिवादीलाई जरिवाना गर्ने गरेको बागमती विशेष अदालतको सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिव भएन । पुनरावेदकलाई जुन कसूरमा जरिवाना लागेको हो, त्यो जरिवाना नलाग्ने ठहर भएपछि त्यसै सरहको से.अ.लिलाप्रसादलाई पनि अ.बं.२०५ नं. ले सजाय नलाग्ने हुनाले निजसँग लिने गरेको जरिवाना पनि लाग्ने भएन । (प्रकरण नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1493
मुद्दाको विषयगैरकानूनी
निर्णय वर्ष / मिति2038/04/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्