नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1492 · वि.सं. २०३८
नि.नं. 1492 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश भागमा परी चलन पाइसकेको जग्गामा विपक्षीको भूस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन, यस्को अतिरिक्त ३२ सालमा जग्गाधनी भनेकोले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भनी गरेको कबुलीयतको दुवैको सहिछाप परेको १ प्रति कबुलीयत भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम स्थानीय पञ्चायतमा जग्गाधनीबाट दाखिल भएको भन्ने देखिन आएको छैन, यस स्थितिमा उक्त दफा ३४ को कार्य पुरा नभएको जग्गा कमाउन दिएको भनेको कबुलीयतको कानूनी मान्यता दिन मिल्ने पनि देखिँदैन त्यस्तो कानूनी मान्यता दिन नमिल्ने कबुलीयतको आधारमा मोही कायम हुनसक्ने पनि नदेखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1492 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1492 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
