नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1490 · वि.सं. २०३८

नि.नं. 1490 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको १६ नं. मा प्रयोग भएको थैली कस्तोलाई सम्झिने हो भन्नको लागि निखनी लिने सम्बन्धमा थैलीको प्रयोग भएको लेनदेन व्यवहारको १६,१७ नं. र रजिष्ट्रेशनको महलको ३५ नं. लाई समेत दृष्टिगत गर्दा थैलीको प्रयोग विभिन्न रूपमा भएको नदेखिई थैलीको तात्पर्य बेचे किनेको लिखतमा उल्लेख भएको थैलीलाई मानेको र खण्डे थैलीको व्यवस्था समेत नगरेको कानूनको बनावट देखिँदा थैली भन्नाले लेनदेन व्यवहारको १६ नं. मा उल्लेख भएको “थैली” नै किने बेचेको लिखतमा लेखिएको थैली सम्झनु पर्ने स्थिति छ । (प्रकरण नं. १२) (२) लेनदेन व्यवहारको १६ नं. को प्रथम वाक्यांशमा उक्त वाक्यांशले थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्ने कानूनी बन्देज गरेको पाइन्छ । थैली थाहा हुँदाहुँदै जालसाजी मुद्दाबाट थैलीमा विवाद उठाई थैली धरौट राख्न नपर्ने छुट वादीलाई उक्त वाक्यांशले प्रदान गरेको नपाइने । (प्रकरण नं. १३) (३) ऐनको व्याख्या गर्दा भाषा प्रष्ट (Letter of Law Clear) छ भने त्यसको सरल र स्वभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नुपर्ने हुनआउँछ । दुविधा नपर्ने किसिमसँग शब्दको प्रयोग भएको छ भने ति शब्दहरूले विद्यायिकाको मनसाय सबभन्दा राम्ररी व्यक्त गरेको सम्झनु पर्दछ । लेनदेन व्यवहारको १६ नं. मा थैली थाहा भएको र थैली थाहा नभएको दुई (२) अवस्थालाई दुई (२) स्वतन्त्र रूपमा विभाजन गरेको पाइन्छ । थैली थाहा भएको अवस्थामा लेनदेन व्यवहारको १६ नं. को दोश्रो वाक्यांश अर्थात थैली थाहा नभएको अवस्थामा भएको व्यवस्था आकृष्ट हुनसक्ने स्थित छैन । थैली थाहा भएकोमा थैली धरौट राख्नुपर्ने बाहेक अन्य विकल्प लेनदेन व्यवहारको १६ नं. ले गरेको पाइन्न । (प्रकरण नं. १५) (४) बेचे किनेको थैली बढी देखाई वास्तवमा कम रुपैयाँ लिनुदिनु गरी जालसाजी क्रिया हुन नसक्ने होइन । तर जालसाज क्रिया बेग्लै फौजदारी अपराध हो र त्यसको परिणाम बेग्लै हुने अवस्था छ, त्यस्तो जालसाजी क्रिया भएको गरेको अवस्थामा थैली थाहा पाएकोमा थैली धरौट राख्नु पर्दैन भनी लेनदेन व्यवहारको १६ नं. ले व्यवस्था गरेको पाइ“दैन । यस प्रकार जालसाजी मुद्दालाई लेनदेन व्यवहारको १६ नं. निखनाई पाउँ भन्ने मुद्दासँग गास्ने अवस्था छैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1490
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2038/08/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राण | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय मिलेको देखिन भन्ने समेत सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह मा.न्या. श्री प्रकाशबहादुर के.शी.मा.न्या. श्री झपट सिंह रावलको राय र फिरादपत्र साथ वादीले थैली धरौट राख्न पर्ने वा नपर्ने भन्ने प्रश्नमा उक्त फुल बेञ्चको निर्णय एक अर्कोसँग मिलेको देखिँदैन । यस सम्बन्धमा लेनदेन व्यवहारको १६नं. को विश्लेषण गर्दा निखन्ने चाहने व्यक्तिले थैली थाहा पाएको र थाहा नपाएको आधारमा भिन्दा भिन्दै कार्यविधिको व्यवस्था भएको देखिन्छ । निखन्न चाहने व्यक्तिलाई थैली थाहा छ भने निजले फिरादपत्रका साथ थैली धरौट राख्नै पर्छ भन्ने कुरा उक्त नम्बरको पहिलो वाक्यको थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्छ भन्ने शब्दहरू बाट प्रष्ट हुन्छ । निजलाई थैली थाहा छैन भन्ने प्रतिउत्तर परी निखन्न दिनुपर्ने कुरामा मुख मिलेमा प्रतिउत्तर परेको मितिले ३५ दिनभित्र र सो कुरामा मुख नमिलेकोमा बुझाउन अर्थात निखन्न पाउने ठहरी अन्तिम फैसला भएपछि धरौट राख्न पर्ने कुरा उक्त नम्बरको दोस्रो वाक्यले प्रष्ट गरेको छ । यस प्रकार थैली थाहा भएकोमा सो नम्बरको पहिलो वाक्य र थैली थाहा नभएकोमा दोस्रो वाक्य लागू हुने कुरा प्रष्ट छ । थैलीको कुरालाई लिएर जालसाजी मुद्दा पनि चलेकोमा निखनाई पाउँ भन्ने मुद्दामा राजीनामाको लिखत बमोजिमको थैली थाहा भए पनि फिरादपत्रको साथ थैली धरौट राख्न नपर्ने व्यवस्था उक्त १६ नं. ले गरेको छैन । यस स्थितिमा थैली थाहा नभएकोमा भन्ने पूर्व शर्त | माननीय न्यायाधीश श्री बासुदेव शर्माले व्यक्त गर्नुभएको रायसँग म सहमत छु । थैली थाहा हुँदाहुँदै पनि फिरादपत्र साथ थैली धरौट नराखेकोले वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । यस बेञ्चका सहयोगी न्यायाधीश ज्यूहरूका बहुमतसँग मेरो राय नमिलेकोले यस सम्बन्धमा मैले अरू केही भनी रहन परेन भन्ने समेत मा.न्या. श्री विश्वनाथ उपाध्यायको राय भई फुल बेञ्चबाट ०३३।७।२०।६ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय लेनदेन व्यवहारको १६नं. को व्याख्याको प्रश्न टड्कारो रूपमा देखा परेको छ । निखन्न चाहने व्यक्तिले थैलीमा घटी बढी गरी जालसाजी गरेभन्ने मुद्दा दायर गर्ने वित्तिकै जालसाजी मुद्दाको किनारा भई थैली यकिन भएपछि थैली राख्न पाउन | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको रायसँग म सहमत छु भन्ने मा.न्या. श्री बासुदेव शर्माको राय रू.२१०००। थैली थाहा पाएको रू.२०१००। थैली जाल गरेको भनी फिरादी आफैंले भनेकोले थाहा पाएको थैलीमा गर्नु पर्ने व्यवहार धरौट नराखी थाहा नपाएको जस्तै व्यवहार गरेकोबाट आफैंले पनि थैली हो भने पछि होइन जस्तो व्यवहार गरेको हुँदा विवन्धनको सिद्धान्तको विपरीत भएको छ । थाहा पाए पनि आफैंले निश्चय गरेको थैली पनि धरौट राख्छन भने आ | माननीय न्यायाधीश श्री हेरम्बराजको राय | माननीय न्यायाधीश श्री हरगोविन्द प्रधान | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1490
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्