नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1489 · वि.सं. २०३८
नि.नं. 1489 — उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्छ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूर गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्मत थैलीलाई गभाई एउटै थैली कायम गर्ने व्यवस्था गरेकोले दुवै कुराको दावी भएकोमा एकपटक निर्णय गर्नु पर्ने विषयलाई एउटा कुराको निर्णय गर्न मिल्ने अर्को कुराको निर्णय गर्न नमिल्ने भनी पृथकीकरण गर्न मिल्ने देखिँदैन । दुवै विषयको निर्णय गर्न सक्ने निकाय नै उक्त ऐन अन्तर्गतको मुद्दा निर्णय गर्न समक्ष हुन्छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1489 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/07/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
