नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1486 · वि.सं. २०३८
नि.नं. 1486 — उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सञ्चालक समितिको निर्णय अनुसार भनी कम्पनीको सेवा पूर्वको नोकरी जोडिएको भनी ज्येष्ठता बापत नम्बर दिएको सामान्य सिद्धान्तको विपरीत देखिन आयो । यस अवस्थामा आफूले बढुवाको लागि अवलम्बन गरेको सामान्य सिद्धान्तको विपरीत हुने गरी कम्पनीको सेवा पूर्वको नोकरीको जेष्ठता बापतको नम्बर नदिएको आधारमा बढुवा गर्ने गरी सञ्चालक समितिले गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने हुन आयो (प्रकरण नं. १४) (२) बढुवाको कारवाहीमा चित्त नबुझ्ने अधिकृत स्तरका कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवमा उजूर गर्नसक्ने सामान्य सिद्धान्तको परिच्छेद ९ को १ मा व्यवस्था गरेको, सो सामान्य सिद्धान्तले व्यवस्था गरे अनुसार सम्बन्धित मन्त्रालयका सचिवमा लाग्ने उजूरी सञ्चालक समितिले सुनी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1486 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/07/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1486 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
