नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1484 · वि.सं. २०३८
नि.नं. 1484 — लिखत पास
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटक–पटक हिसाब गर्दा पुगेको रुपैयाँ“को लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाइसकेपछि लेखिएको देखियो भनी रेखा तथा लेखा विशेषज्ञको राय भएको हुँदा राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप भई लिखत भएको भन्ने देखिन नआएकोबाट समेत वादी दावीको लिखत कीर्ते ठहराई सो लिखतको लेखक साक्षी निवेदक र लिखतमा साक्षी बस्ने निवेदकलाई समेत कीर्ते कागजको १४ नं. बमोजिम जरिवाना गर्ने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1484 |
|---|---|
| मुद्दाको विषय | लिखत पास |
| निर्णय वर्ष / मिति | 2038/07/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1484 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
