नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1318 · वि.सं. २०३६

नि.नं. 1318 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं.८३ नं. बमोजिम विक्षिप्त भई वेपत्ता परेको हो होइन भनी बुझिएको सरजमीनबाट वादी लिखत बमोजिम विक्षिप्त भई वेपत्ता भएको भन्ने नदेखिएको र प्रधानपञ्चले गरी दिएको सिफारिशपत्रको नक्कलमा पनि विक्षिप्त भई वेपत्ता भएको भन्ने किटानी साथ लेखिएको नभई विक्षिप्त जस्तो भनी अन्दाजी किसिमसँग लेखिएको देखिएकोले बाबु विक्षिप्त भई वेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्तियारनामा बेगर वादीले नालिस गर्न अ.बं.८२ नं. ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1318
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2036/11/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३६, नि.नं. 1318
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्