नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 120 · वि.सं. २०१८
नि.नं. 120 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले आफै बन्देज तोडेमा प्रतिवादीले मात्र बन्देजको अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ने । वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामा देवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनि कर लगाउन नमिल्ने । (प्रकरण नं. ७) (२) आफ्नो पतिको सम्पत्ति आफ्नो खुसी गर्न पाउँदैन भनि भन्न नमिल्ने । बिधवाको सम्पत्ति हुँदा बिधवा अंश धनको १ नम्बरको देहाय २ दफाले चलमा सबै अचलमा दशौंद बाँकी राखी अरू श्री सम्पत्ति आफ्ना खुस गर्न पाउने । प्र. श्यामा देवीले आफ्नो पतिको सम्पत्ति आफू खुसी गर्न पाउँदैन भनि भन्न मिल्दैन । बिधुवाको सम्पत्ति हुँदा के कति निजले आफू खुसी गर्न पाउँछिन् ? भनि बिधवा अंश धनको १ नम्बरको देहाय २ दफा हेर्दा चलमा सबै अचलमा दसौंद बाँकी राखी अरू श्री सम्पत्ति आफू खुस गर्न पाउने लेखिएको देखिँदा सो ऐन बमोजिम अचलमा दसौंद सम्म बदर गरी अरू बकसपत्र दिएको सदर ठहर्नेमा जम्मै बदर गरेको ललीतपुर अदालतको र जम्मै सदर गरेको अपील दोश्राको इन्साफ केही गल्ती ठहर्छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 120 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2017/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 120 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
