नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 119 · वि.सं. २०१८

नि.नं. 119 — गैरकानूनी तरिकाबाट थुनी राखे

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतबाट सोधनी भएको कुराको प्रष्ट विवरण खुलाई जवाफ दिनु पर्ने – नागरिक ऐन, २०१२ को दफा १५ को उप दफा २ र १५ को १ (क) – थुन्नेले बाटाका म्याद बाहेक २४ घण्टा भित्र नजिकको अदालतमा सौंपी दिनु पर्ने र, यथासमय भित्रै थुनुवा पूर्जी दिनु पर्ने । उपरोक्त परिबन्दको बिपरित गरेमा गैरकानूनी तरिकाले थुनेको भन्न पर्ने । यस सर्वोच्च अदालतबाट बारम्बार कुन अभियोगमा के कारणबाट निज टिकाप्रसादलाई त्यस खोरमा थुनेको हो ? सबै विवरण खुलाई यथार्थ जवाफ दिनु होला भनि उक्त सेक्रेटरीज्यूलाई सोधनी गर्दा पनि उक्त मन्त्रालयबाट अरू विवरण खुलाई लेख्न त परै जावस यो यस्तो अभियोगमा वा यस कारणबस थुनिएको भन्ने सम्म पनि आज तक खुल्न नआएको र उक्त थुनुवालाई नागरिक अधिकार ऐन, २०१२ को दफा १५ उपदफा २ अनुसार थुन्नेले बाटाका बाहेक २४ घण्टा भित्र नजिकको अदालतमा दाखिल नगरी करिब ११ महिना थुनुवामा राखेको देखिएकोले र सो ऐनको १५ को (१) (क) दफाले यथासमय भित्रै दिनु पर्ने थुनुवा पुर्जी दिए बुझाएको पनि नदेखिएकोले वन मन्त्रालयलाई उपरोक्त तरिकाबाट असिमित कालसम्म कुनै व्यक्तिलाई थुनी राख्ने अधिकार कानूनले दिएको भए देखाउन सक्नु पर्ने । सो पनि उक्त मन्त्रालयका पटक पटकका जवाफबाट नदेखिएकोले निज थुनुवा टिकाप्रसादका हकमा प्रत्येक नागरिकलाई नागरिक अधिकार ऐन, २०१२ को दफा १५ को उपदफा १।२ ले प्रदत्त अधिकार हनन् भएको उपरोक्त प्रमाण परिबन्धले सिद्ध हुन आएकोले गैरकानूनी तरिकाबाट थुनेको भन्नु परि सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी यो आदेश दिईएको छ । त्यस खोरका हाकिमले निजलाई तुरुन्त छाडी दिई सोही बिषयको सूचना उक्त मन्त्रालयको सेक्रेटरीज्यूलाई प्रेसित गरी दिनु भनी डिल्लीबजार खोर अफिसमा लेखि पठाई दिनु । (प्रकरण नं. १)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.119
मुद्दाको विषयगैरकानूनी तरिकाबाट थुनी राखे
निर्णय वर्ष / मिति2017/01/10
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 119
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्