नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 117 · वि.सं. २०१७
नि.नं. 117 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नावालकहरूको रीत पूर्वकको बण्डापत्र पेश दाखिल गर्न नसकेमा र, एकाघरको दाजुनै नाबालकको हकमा समेत वारिस भई मुद्धाको कारवाई भएको मिसिलबाट बुझिएमा सगोलैमा रहेको भन्नु पर्ने । नाबालकहरू अंशबण्डा भई छुट्टी बेगल भएको ऐन बमोजिम रीतपूर्वकको बण्डापत्र पेश दाखिल गर्न नसकेको र निवेदकहरूकै उजुरीबाट झिकाई आएको सुर्खेत चिसापानी बस्ने हिरामणी रोकाहले निवेदकहरू र निवेदकका दाजु देवेन्द्रदेव समेतका नाउँमा उजुर गरेको स. अ. ठा. नं. ७४ को जग्गा मुद्दाको मिसिलमा समेत निज नाबालकहरूको एकाघरको दाजु देवेन्द्रदेव वारिस भई आफ्नो हकमा समेत मुद्दामा कारवाई गरी फैसला भएको देखिएको । त्यसबाट यी निवेदकहरू सगोलैमा भएको परिवारको नाबालक सदस्य देखिन आउने । (प्रकरण नं. ३) (२) नाबालकको जानकार दाजु वारिस भई मुद्दा हारजित भएकोमा र नावालकको उमेर नपुगेसम्म मुल्तवी राख्ने कानूनमा व्यवस्था नभएकोले नाबालकको उमेर नपुगेसम्म मुल्तबी राखी पाउँ भन्ने उजुर पुग्न नसक्ने । सगोलको नाबालकको हकमा समेत उमेर पुगेका जानिफकार दाजुले वारिस र आफ्नो हकमा समेत मुद्दामा पुर्पक्ष गरी हारजित भई सकेको र मुख्यतया हारजित भएको जग्गा जमिन पनि जमिन्दारको पुख्र्यौली सम्पत्तिबाट अंश हक हुन आएको नभई मर्ता पर्ता समेतबाट रैती उकास भई जिमिदार जिम्मा रहन आएको भनी निवेदक तर्फकै जिकिर भएको र रैती खडा हुन आएमा रैतीलाई नै दिनु पर्ने किसिमको जग्गाहरूमा मुद्दा परी हारजित भएको । त्यस्तो आफ्नो सगोलको जानकार दाजु वारिस भई आफ्नो हकमा समेत मुद्दा गरी किनारा लागि सकेको मिसिलहरू नाबालकको उमेर नपुगुमम मुल्तवी रराख्ने कानूनमा व्यवस्था नभएकोले मुल्तवी राखी पाउँ भन्ने निवेदकहरूको उजुर पुग्न सक्दैन । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 117 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2016/12/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 117 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
