नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 115 · वि.सं. २०१७
नि.नं. 115 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुख नमिलि तेरो मेरोमा इन्साफ दिन पर्ने कुरा पर्न आएमा श्रेष्ता अड्डा माल गोश्वाराले इन्साफ फैसला गर्न नहुने अदालतमा नालिस दिन जानु भनी सुनाउनु पर्ने । इन्साफ फैसला गरेमा बदर हुने । मुख नमिली तेरो मेरो पर्न आएको कुरामा माललाई भएका सनद बमोजिम अदालतमा नालिस दिन जानु भनी सुनाउनु पर्नेमा श्रेस्ता अड्डा माल गोश्वाराले इन्साफ गरी फैसला गरेको मनासिब भन्ने नहुँदा उक्त माल गोश्वाराको फैसला बदर गर्ने र सो सनद बमोजिम अदालतमा नालिस गर्न जानु भनी प्र. नारायणप्रसादको वा. लाई सुनाई दिने समेत गरेको सिंगल बेञ्चको राय मनासिब छ । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 115 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2017/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 115 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
