नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11421 · वि.सं. २०८२

नि.नं. 11421 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादको पक्षहरूले नै नियुक्त गरेको मध्यस्थले पक्षहरूको सहमतिमा निर्धारण गरिएको कार्यविधिबमोजिम निर्णय गर्ने भएकोले विवादको सम्बन्धमा सम्बद्ध तथ्य केलाउन र यसको बारेमा निर्णय गर्नको लागि मध्यस्थलाई नै सबैभन्दा सक्षम निर्णयकर्ता मानिने । यसरी मध्यस्थलाई सम्बन्धित विषयको विज्ञ मानी आपसी सहमतिमा नियुक्ति गरी उसको क्षेत्राधिकारलाई समेत स्वीकार गरिसकेको कारणले मध्यस्थले गरेको निर्णयनै अन्तिम हुने । यसर्थ, मध्यस्थबाट भएको निर्णय नै सामान्यतः अन्तिम हुने र कानूनले व्यवस्था गरेको अत्यन्त सीमित अवस्था र आधारहरूमा मात्र अदालतले मध्यस्थको निर्णयलाई बदर गर्न सक्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11421
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2080/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल
मुद्दा नं.०७०-WO-०८६४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11421
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्