नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11420 · वि.सं. २०८२
नि.नं. 11420 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकको परिचय खुल्ने प्रत्यक्ष कुनै कागजात नभएको अवस्थामा सामान्यतया निज राज्यविहीन (stateless) अवस्थामा रहेको देखिने । नेपाल Convention on Status of Stateless Persons, १९५४ को सदस्य राष्ट्र नभए पनि कुनै पनि व्यक्ति राज्यविहीन अवस्थामा भएमा निजको स्वाभिमान र सम्मानपूर्वक बाँच्न पाउने हकको रक्षा गरिनुपर्दछ भन्ने सम्बन्धमा नेपालको मान्यता अन्यथा रहेको नदेखिँने । निज निवेदकको स्पष्ट खुल्ने राष्ट्रियता नभएको कारणबाट नेपाली कानूनको दृष्टिमा राज्यविहीन व्यक्ति देखिएको भए तापनि निज एक मानव व्यक्तित्व (human personality) भएको कारण निजको मानवीय मर्यादा (human dignity) को संरक्षण गर्नु नेपाल राज्यको कर्तव्य हुने । सामान्यता कुनै परिचयपत्रको अभावमा राज्यविहीन अवस्थामा रहेका कुनै व्यक्तिको नेपालको संविधानद्वारा “कुनै व्यक्ति“ लाई भनी प्रदान गरिएको मौलिक हक र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूको आधारमा निवेदकको मानवीय मर्यादा र सम्मानलाई आघात नपर्ने गरी कानून कार्यान्वयन गर्ने निकायहरूले व्यवहार गर्नुपर्ने । निवेदकले दाबी गरेको राष्ट्रियता, निजको हैसियत र निजले प्रवेशको माग गरेको देशलाई आधार मानी प्राथमिकता दिनुपर्ने । निवेदकले शरणार्थी भन्ने प्रमाणपत्र पेस गर्न नसकेको भए तापनि निजका आमा र भाइ शरणार्थी भई भारतमा बसोबास गरेको भन्ने देखिँदा निजको जीवन र स्वतन्त्रता खतरामा पर्ने गरी निजको उत्पत्तिको देशमा फिर्ता पठाउने वा निष्कासन गर्ने सम्बन्धमा यस अदालतले अवलम्बन गरेको फिर्ता नपठाउने लयल–चभायगझिभलत सिद्धान्तबमोजिम गर्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11420 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2080/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11420 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
