नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11417 · वि.सं. २०८२

नि.नं. 11417 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

वैकल्पिक उपचारको प्रभावकारिताको निर्धारण गर्दा साधारण अधिकारक्षेत्रको औचित्य पनि समाप्त नहुने र यस अदालतको असाधारण अधिकारक्षेत्रको प्रचलन गर्न पाउने संवैधानिक हकमा अनुचित बन्देज पनि नलाग्ने गरी सन्तुलित र सामञ्‍जस्यपूर्ण दृष्टिकोण अवलम्बन गरिनु पर्ने । खासगरी मिसिलको मुहारबाटै राज्यका निकाय वा अधिकारीबाट गरिएको निर्णयमा हाकाहाकी त्रुटि (apparent errors on the face of record) देखिएको र साधारण अधिकारक्षेत्रको मार्गबाट उक्त त्रुटि सच्याई उपचार प्राप्त गर्ने प्रभावकारी उपचारको विद्यमानता नदेखिएको अवस्थामा नेपालको संविधानको धारा १३३ को उपधारा (२) तथा (३) बमोजिम असाधारण अधिकारक्षेत्रको मार्ग प्रचलन गर्न सकिने । (प्रकरण नं.१४) मुद्दामा निर्णय हुनुपर्ने तथ्यगत प्रश्न (fact in issue) र कानूनी प्रश्न (issue of law) मा समानता भएको अवस्थामा मात्र एउटै निर्णयाधार (ratio decidendi) कायम हुने । मुद्दाको तथ्य र निरूपण हुनुपर्ने कानूनी प्रश्नसमेत फरक भई तदनुरूप फरक निर्णयाधार कायम भएको अवस्थालाई भने व्याख्या (ruling) बाझिएको भन्नु नजिरको सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.१८) सरूवा गरेको ठाउँमा जानु कर्मचारीको आचरण र अनुशासन पनि हो । उच्च नीतिगत र व्यवस्थापकीय पदमा रहेका राष्ट्रसेवकहरूका लागि यो विषय अझ संवेदनशील र महत्त्वपूर्ण हुने । उपयुक्तता र आवश्यकताको आधारमा अख्तियारवालाले कर्मचारीहरूको सरूवा गर्न, काज खटाउन वा जिम्मेवारी तोक्न सक्ने एवं यसरी खटाइएका कर्मचारीले पनि तोकिएको ठाउँमा गई तोकिएकै समयमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सेवा विधिशास्त्र (service jurisprudence) को आधारभूत मान्यता हुने । (प्रकरण नं.२८) कुनै पनि विषयमा निर्णय गर्नुपूर्व सो विषयमा निर्णय गर्ने अधिकार आफूलाई भए नभएको यकिन गर्नुपर्ने विषय अधिकारक्षेत्रको प्रारम्भिक प्रश्न हो । प्रशासकीय अधिकारीले आफूलाई प्राप्त अधिकार सम्बन्धित कानूनले प्रदान गरेको अख्तियारीभित्रै रही प्रयोग गर्नुपर्ने प्रशासकीय कानूनको आधारभूत मान्यता हो । कानूनले अधिकार प्रदान नगरेको अवस्थामा वा अधिकार प्रदान गरेभन्दा बढी अधिकार प्रयोग गरेको अवस्थामा वा कानूनबमोजिम पालना गर्नुपर्ने प्रक्रियाको पालना नै नगरी निर्णय गरेको अवस्थामा वा अधिकारको बदनियतपूर्ण प्रयोग गरेको वा दुरूपयोग गरेको अवस्थामा त्यस्तो अधिकारको प्रयोगमा अधिकारक्षेत्रात्मक त्रुटि भएको मानिने र त्यसरी गरिएका निर्णयहरू कानूनको दृष्टिमा मान्य नहुने । (प्रकरण नं.३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11417
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2081/12/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
मुद्दा नं.०८०-WF-००४३ | ०८०-WF-००४४ | ०७९-WO-०१८९ | ०७९-WO-०३९३ | ०७९-WO-०५०१
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11417
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्