नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11414 · वि.सं. २०८२
नि.नं. 11414 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
गाउँसभाको दुई तिहाइ बहुमतबाट केन्द्र परिवर्तनसम्बन्धी निर्णय गरी केन्द्र हेरफेर हुनसक्ने । गाउँ सभाबाट केन्द्र परिवर्तनको आवश्यकता महसुस गरी सो सम्बन्धमा आवश्यक निर्णय भएको नदेखिँदा नेपाल सरकारले २०७३ सालमा गरेको निर्णयबमोजिमको केन्द्रले निरन्तरता पाएको कुरालाई अन्यथा भन्न नमिल्ने । भौगोलिक अवस्थिति, जनसंख्या, इलाका स्तरका कार्यालयलगायतका भौतिक संरचना तथा एक स्थानदेखि अर्को स्थानसम्मको दुरीको हिसाबले कुनै गाउँपालिकाको केन्द्र कहाँ तोक्दा आम नागरिकहरूलाई पायक पर्ने हो भन्ने कुरा सम्बन्धित पालिकाका स्थानीय जनप्रतिनिधिहरूलाई नै जानकारी हुने । कुनै स्थान पायक वा अपायक भन्ने विषय सम्बन्धित पालिकाको भौगोलिक अवस्था, आम नागरिकहरूको बसोबास, यातायातको सुविधा जस्ता विभिन्न विषयहरूलाई आधार मानेर विचार गर्नुपर्ने । स्थानीय जनताहरूद्वारा निर्वाचित सदस्यहरूले थाहा नपाउने अनि अदालतले थाहा पाए जस्तो गरी कुनै स्थान विशेष पायक पर्ने स्थान हो वा होइन भनी रिट क्षेत्राधिकारको माध्यमबाट बोल्न उचित नहुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11414 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2081/06/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान |
| मुद्दा नं. | ०७४-WO-०९२७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11414 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
