नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11408 · वि.सं. २०८२

नि.नं. 11408 — अंशचलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन खरिद गर्नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हुने । विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यस्लाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था नरहने । त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11408
मुद्दाको विषयअंशचलन
निर्णय वर्ष / मिति2079/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७२-CI-०९०१ | ०७२-CI-११६२ | ०७२-CI-१५८९ | ०७४-CI-००३४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11408
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्