नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11407 · वि.सं. २०८२

नि.नं. 11407 — हक निखनाई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि अचल सम्पत्तिसँग सिमाना जोडिएर रहेको अर्को अचल सम्पत्तिलाई साँध सिमाना जोडिएको मानिने । तर हकवालाको सन्धिसर्पन परेको मान्नलाई सिमाना जोडिनु मात्र पर्याप्त नहुने । सिमाना जोडिनुको साथसाथै सो सिमाना जोडिएको अचल सम्पत्तिबाट अर्को सिमाना जोडिएको अचल सम्पत्ति तथा सोको धनीको बाटो, निकास जस्ता अत्यावश्यक कुराहरू पूर्ण रूपमा प्रभावित हुन पुगेको देखिनुपर्ने । अर्थात्‌ हकवालाको आफ्नो सम्पत्तिको साँध जोडिएको अर्को हकवाला व्यक्तिको अचल सम्पत्तिको धनीले सो सम्पत्ति बिक्री गर्दा आफ्नो सम्पत्ति उपभोगका लागि स्पष्टतः र पूर्ण रूपमा वञ्चित भई सो सम्पत्तिको उपभोग नै गर्न नसक्ने स्थिति खडा हुन गएको स्थितिलाई सन्धिसर्पन परेको मान्न सकिने । उक्त सन्धि सर्पनको घर जग्गा जस्ता अचल सम्पत्ति निखन्ने कानूनी अधिकार हकवालाको मात्र हुने । एकै परिवारका व्यक्तिहरू छुट्टिई भिन्न भई आफूहरूसँग रहेका घर जग्गा जमिन विभाजन गरी भोग व्यवहार गरेका र त्यस्तो संयुक्त पारिवारिक रूपमा रही भोग व्यवहार गर्दा नपरेको कठिनाई, तेस्रो व्यक्ति (third party) प्रवेश गरेमा उत्पन्न भएमा सहजताका निमित्त सो निखन्ने सुविधा हकवालालाई प्रदान गरिएको मानिने । अर्थात्‌ सन्धि सर्पनको घर जग्गा अचल निखन्न पाउने कानूनी व्यवस्था स्वयम्‌मा अधिकार नभई पारिवारिक इतिहासको सम्पत्ति भोग गर्नमा नभई नहुने अत्यावश्यकीय सुविधाको परिस्थितिको (unavoidable circumstance) सहज निकासको रूपमा लिनुपर्ने । अतः कुनै घर जग्गा जमिन सन्धि सर्पन दाबी गर्ने हक (locus standi) हकवालालाई मात्र हुने र त्यस्तो अचल सम्पत्ति निजै हकवालाले निखन्न नपाउने हो भने त्यस्ता हकवालाको सो निखन्न पाउने अचल भोग गर्न असम्भव अवस्थाको सिर्जना हुनुपर्ने । अन्यथा सम्पत्तिमा हक प्राप्त व्यक्तिले तेस्रो पक्षलाई कुनै अचल सम्पत्ति बिक्री व्यवहार गर्न नै नसक्ने एवम् खरिदकर्ता तेस्रो पक्षको समेत हक अधिकारमा अस्वाभाविक दखल पर्न जाने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11407
मुद्दाको विषयहक निखनाई पाऊँ ।
निर्णय वर्ष / मिति2080/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७७-CI-०४९६ | ०७५-RI-१९१९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11407
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्