नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11406 · वि.सं. २०८२

नि.नं. 11406 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि व्यक्तिको जन्मदाको बखतमा रहेको यौनाङ्गको आधारमा उसको जन्मदर्ता प्रमाणपत्रलगायतका व्यक्तिगत विवरण खुल्ने प्रमाणपत्रहरूमा उल्लेख गरिएको नाम र जनिएको लिङ्गको अनुभूति सो व्यक्तिलाई प्रारम्भिक अवस्थामा नहुने अवस्था रहने । यदि पछि निजले आफूलाई जन्मँदाको यौनाङ्गभन्दा स्वअनुभूतको आधारमा विपरीत लिङ्गीय व्यवहार, बोलिचाली तथा पहिचानको पहिरन लगाउने गर्दछ भने निजलाई पहिचान गराउने लिखतहरूमा जनिएका नाम र लैङ्गिक पहिचानको विवरण निज व्यक्तिको हालको पहिचानको विवरण नहुने । यसरी व्यक्तिले आफूलाई कुन लिङ्गीको हो भनी आफैँले अनुभूत गरेको आधारमा आत्मनिर्णय गरी घोषणा गरिएको नाम र लिङ्ग नै त्यस्तो व्यक्तिको वास्तविक नाम र लिङ्ग मान्‍नुपर्ने । (प्रकरण नं.७) निवेदकको जन्म हुँदाको बखत जैविक लिङ्ग पुरूषको रहेको भए तापनि पछि आफू जन्मँदाको भन्दा फरक लिङ्गीमा अर्थात् महिलाको रूपमा विकास भएको कारण आफूलाई महिलाको रूपमा मानेको र पहिचान दिएको अवस्थामा निजलाई स्वअनुभूतिको आधारमा आत्मनिर्णय गरी आफ्नो लैङ्गिक पहिचान निर्धारण गर्ने अधिकार हुने । (प्रकरण नं.८) रिट निवेदकको कानूनबमोजिम बनेका व्यक्तिगत विवरण खुलाउने कागज प्रमाणपत्रहरूमा लैङ्गिक पहिचानमा एकभन्दा बढी सङ्केत रहेको देखिएको सन्दर्भमा निवेदकको नागरिकताको प्रमाणपत्रलगायत निजको व्यक्तिगत परिचय जनाउने कागज प्रमाणपत्रहरूमा लैङ्गिक विवरण “महिला” कायम हुने गरी अद्यावधि गर्न मिल्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11406
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2080/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री कुमार चुडाल
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11406
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्