नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11402 · वि.सं. २०८२
नि.नं. 11402 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कर्मचारी सञ्चय कोषलगायत विभिन्न कोषहरूमा जम्मा भएको रकम सेवाको अवधिमा सहुलियत ऋणको रूपमा र अवकाशपछि एकमुष्ट फिर्ता पाउने हुन्छ । उक्त रकम विशुद्ध रूपमा जीवन निर्वाह तथा दैनिकी धान्नको लागि प्रयोग गरिने रकमको रूपमा रहने भएकोले उक्त सम्पत्तिमा सेवा निवृत्त कर्मचारीले जीवनकालभरि आफूले उपभोग गरी बाँकी रहेमा मात्र अन्यको दाबी रहनसक्ने सम्पत्ति हुने । निजको शेषपछि यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतैबमोजिम हुने । लिखत रहेनछ भने अपुताली खाने रोलक्रममा रहेका हकवालाले पाउने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11402 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2079/12/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७८-DF-००१३ | ०७२-CP-३१९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11402 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
