नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11400 · वि.सं. २०८२
नि.नं. 11400 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणी मुद्दामा प्रत्यक्षदर्शी प्रमाण नरहने । प्रत्यक्षदर्शी भनेको पीडित स्वयम् हो र पीडितको बकपत्र प्रमाणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहँदारहँदै पनि पीडितको बकपत्र मुद्दामा स्थापित तथ्यबाट समर्थित हुन नसकेमा अदालतले स्थापित तथ्यका आधारमा न्याय निरूपण गर्नुपर्ने । वारदात भएको लामो समयको अन्तरालमा पीडितले बिस्तारै आफूउपरको पीडालाई भुल्दै जाने, प्रतिवादीसँग एउटै समाजमा रहँदा बस्दा पीडितउपर आर्थिक, सामाजिक प्रभाव पर्न सक्नेलगायतका कारणले साक्षी प्रमाणको विश्वसनीयतालाई असर पार्न सक्ने परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई इन्कार गर्न नमिल्ने । प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने मनसायले पीडितले वा अन्य साक्षीले प्रतिकूल बकपत्र (hostile) गर्न सक्ने भए तापनि मिसिलबाट स्थापित तथ्यबाट पुष्टि नभएसम्म बकपत्रकै आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिँदा वास्तविक कसुरदार पनि सजायबाट उन्मुक्ति पाउने अवस्था पैदा हुने । (प्रकरण नं.३) वारदातको परिस्थिति एवम् भौतिक प्रमाणलाई व्यक्तिले चाहेर पनि लुकाउन छिपाउन वा तोडमोड गर्न कठिन हुने हुँदा कतिपय अवस्थामा व्यक्तिको बयान बकपत्रभन्दा पनि भौतिक प्रमाणबाट स्थापित तथ्यको आधारमा निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11400 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2081/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान | माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना | माननीय न्यायाधीश श्री चुरामन खड्का | माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य | माननीय न्यायाधीश श्री मेरिना श्रेष्ठ |
| मुद्दा नं. | ०७६-CR-०४०५ | ०७७-CR-०८५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11400 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
