नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 114 · वि.सं. २०१७

नि.नं. 114 — थुनछेक

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ उपदफा १ मा उल्लेखित कामबाट रोक्न जरुरी छ, छैन भन्ने निर्णय गर्ने अधिकार बडाहाकिममा भएको । ऐ को दफा १२ ले उपरोक्त कुरा उपर कुनै अदालतमा सवाल जवाफ गरिने छैन भन्ने लेखिएको हुँदा अदालतले औचित्यतर्फ निर्णय गर्न नमिल्ने । तर हाल अपील जिकिर तथा उक्त कारवाइबाट अशान्ति गरी सकेको निवेदकले सो गर्दै रहेको भविष्यमा पनि त्यस्तो गर्दै रहने बडाहाकिमालाई आशंका लागि सो गर्न नपावस भनी रोक्नलाई सुरक्षा कानून ल्याएको । सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ को उपदफा १ मा उल्लेखित कामबाट रोक्न जरुरी छ, छैन भन्ने निर्णय गर्न सो ऐन नियमले बडाहाकिमलाई नै अधिकार दिएको देखिएकोले त्यस्तो अधिकार पाइ बडाहाकिमले जारी गरेको आज्ञा उपर कुनै अदालतमा सवाल जवाफ गनिने छैन भनी उक्त ऐनको दफा १२ मा प्रष्ट लेखिएको हुनाले रोक्न जरुरी सम्झी नजरबन्द राख्ने औचित्यतर्फ निर्णय गर्न नमिल्ने भनी राय गरेको सिंगल बेञ्चको आदेशमा पुछार हरफ देखि माथि १३ हरफमा न्याय प्रशासन ऐनको दफा १९ लेखिनु पर्नेमा सार्वजनिक सुरक्षा ऐन, २ दफा भन्ने लेखिएको र त्यसपछि १२ हरफमा सोही ऐनको भनेको सट्टा सार्वजनिक सुरक्षा ऐनको भन्ने कायम गर्ने गरी सो सर्वोच्च अदालत सिंगल बेञ्चको १७।९।१३।३ को राय ठहर मनासिब छ । (प्रकरण नं. १०) (२) ने. सा. सु. ऐन प्रयोग गर्न पाएका अफिसरले त्यस सम्बन्धमा अदालतबाट सोधनी भएमा ऐ ऐनको दफा २ (१) मा उल्लेखित जुन अवस्था परेको छ सो खुलाई जवाफ दिनुपर्ने । नेपाल सार्वजनिक सुरक्षा ऐन प्रयोग गर्न पाएका अफिसरले त्यस सम्बन्धमा अदालतबाट सोधनी भई आएमा उक्त ऐनको दफा २ (१) मा उल्लेखित जुन अवस्था परी त्यस्तो आदेश निकाल्नु परेको छ सो खुलाई जवाफ दिनु पर्छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.114
मुद्दाको विषयथुनछेक
निर्णय वर्ष / मिति2017/09/28
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 114
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्