नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11399 · वि.सं. २०८२
नि.नं. 11399 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
फैसलाबमोजिम हक स्थापित भइसकेको सम्पत्तिमा वादीले चलन नचलाएकै मात्र कारणले उक्त सम्पत्तिमा प्रतिवादीको प्रतिकूल स्वामित्व (adverse ownership) स्थापित हुन नसक्ने । यदि त्यस्तो हुने हो भने सम्पत्तिको प्राप्ति र समाप्तिसम्बन्धी हाम्रो मौलिक संरचना नै अस्तव्यस्त हुने । सम्पत्ति उपभोग गर्नबाट वञ्चित गर्ने प्रकारको प्रक्रियागत त्रुटि वा कमी कमजोरीहरू खोजी सोही आधारमा बन्देज लगाउने हो भने व्यक्तिको सम्मानपूर्वक बाँच्ने आधारको रूपमा रहेको सम्पत्तिसम्बन्धी संवैधानिक एवम् कानूनी हक हनन हुन जाने अवस्था सिर्जना हुन सक्ने । यस्तो अवस्थामा कुनै प्रकारको प्राविधिक कारणमा मात्र सीमित नरही यथार्थ एवम् तथ्यपरक प्रमाण र कानूनमा आधारित रही वास्तविक रूपमा न्याय प्रदान गर्नु अदालतको कर्तव्य हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11399 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2081/01/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल | माननीय न्यायाधीश श्री तेजनारायण पौडेल | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल |
| मुद्दा नं. | ०७६-CI-०८८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11399 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
