नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11396 · वि.सं. २०८२

नि.नं. 11396 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगहरूबाट आयोगको स्वायत्ततामा प्रतिकूल प्रभाव नपर्ने गरी प्रारम्भिक छानबिन गर्ने गराउने प्रबन्ध गर्न उपयुक्त हुने । यसो गर्नु आवश्यकताको सिद्धान्तले पनि औचित्यपूर्ण हुने । सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूको संस्थाका प्रतिनिधिहरूसँग परामर्श गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम नेपाल सरकारले बाधा अड्काउ फुकाउने उपाय अवलम्बन गरी पदाधिकारीहरू नभएको अवस्थामा पनि आयोगका सचिवबाट कार्यटोली गठन गरी पीडितमैत्री वातावरण कायम गरी प्रारम्भिक छानबिनको कार्यसम्म सुचारू गर्न गराउन सक्ने प्रबन्ध गर्न समुचित र मनासिब देखिने । (प्रकरण नं.२७) आयोगमा परेका उजुरी एवम् छानबिनबाट देखिएको प्रवृत्तिका बारेमा तथ्यपरक रूपमा विवरण तयार पार्ने, आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित निकायहरूसँग समन्वय गरी कार्यान्यवनमा सहजीकरण गर्ने, सङ्क्रमणकालीन न्यायबारेमा सरोकारवाला निकायहरूसँग सहकार्य गरी सचेतना अभिवृद्धि गर्ने गराउने, आयोगमा कार्यरत जनशक्तिको अनुसन्धान तथा छानबिन क्षमता विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, पीडितलाई आवश्यक सेवा सुविधा र सम्मानका लागि सरकारी निकायहरूसँग समन्वय गर्ने र उजुरीमा संलग्न घटनाका बारेमा प्रमाणको संरक्षण एवम् सुरक्षाका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्ने जस्ता कार्यहरू आयोगमा पदाधिकारी नभएको अवस्थामा पनि सचिवबाट गर्न गराउन कानूनले बाधा नपर्ने । (प्रकरण नं.२८) सचिवबाट गर्ने गराइने अध्ययन अनुसन्धानलगायतका कार्यले आयोगलाई सहजता हुने भएकाले पदाधिकारी नभएका अवस्थामा पनि आयोगका सचिवबाट यस्ता कार्य नियमित र पीडितमैत्री रूपमा सुचारू गर्नु गराउनु आवश्यक, उपयुक्त र वाञ्छनीय देखिने । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11396
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2080/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल
मुद्दा नं.०७९-WO-१४५७
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11396
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्