नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11391 · वि.सं. २०८२

नि.नं. 11391 — नामसारी दर्ता हक कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुने जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्‍चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुने । सर्भे नापी पुरानो नापीलाई विस्थापित गर्ने र जग्गा पुनः वैज्ञानिक तवरले नापी गर्ने गराउने प्रयोजनका लागि कानूनबमोजिम गरिएको कार्य मात्र नभई जग्गाको स्वामित्व निर्धारण एवम् त्यस्तो स्वामित्वलाई नवीकरण गर्ने प्रक्रियासमेत भएकोमा सो मौकामा आफ्नो जग्गाको नापी गर्ने गराउने एवम् आफूलाई सम्बन्धित जग्गाको जग्गाधनीको रूपमा स्थापित गर्ने कार्य नगरी स्वामित्वको आधार सिर्जना गर्न नसकेको अवस्थामा सर्भे नापीअघिको विस्थापित स्रेस्ता आधारमा कुनै जग्गामा स्वामित्वको सिर्जना हुने भनी मान्‍न नमिल्ने । (प्रकरण नं.४) मुद्दा फिर्ता लिने र मुद्दामा प्रतिउत्तर नफिराउनु पक्षहरूको स्वेच्छा र अधिकारको विषय हुने । निजहरूले त्यसरी मुद्दा फिर्ता लिनु वा प्रतिउत्तर नफिराएको विषयलाई मुद्दामा वादीको हकमा निर्विवाद एवम् मुद्दामा तात्त्विक रूपले फरक पार्ने आधारभूत प्रमाण सिर्जित भएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11391
मुद्दाको विषयनामसारी दर्ता हक कायमसमेत
निर्णय वर्ष / मिति2079/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री सीताप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री पदमराज भट्ट | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७४-CI-०६५१ | ०७०-CP-१९६६
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11391
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्