नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11390 · वि.सं. २०८२
नि.नं. 11390 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचारजन्य वा अन्य अवाञ्छित कार्य गरेको भन्ने तथ्य मात्र कारबाहीको लागि पर्याप्त आधार नहुने । अवाञ्छित कार्यका सम्बन्धमा कारबाहीको निमित्त कानूनले निर्धारण गरेको प्रक्रिया पनि अनिवार्य रूपमा अनुसरण गर्नुपर्ने । कानूनमा तोकिएका विभागीय सजायसम्बन्धी कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधिको पालना नगरी वा पूर्वाग्रही भावना राखी भए गरिएका काम कारबाही त्रुटिपूर्ण र बदरयोग्य हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11390 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2077/11/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना |
| मुद्दा नं. | ०६९-WO-११९५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11390 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
