नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11389 · वि.सं. २०८२

नि.नं. 11389 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

२०३४ सालमा मुलुकी ऐनमा सातौँ संशोधन भई अंशबन्डाको ३० नं. मा रहेको संशोधित प्रावधान लागु हुनुभन्दा अगाडिको अवस्थामा अंशबन्डाको लिखत रजिस्ट्रेसन पारित गर्नुपर्ने भन्ने अनिवार्यता नभएको हुँदा वादी प्रतिवादीका बाबु जीवित हुँदा नै भएको अंशबन्डाको लिखत पारित नहुनुलाई मात्र अंशबन्डा नभएको भनी अर्थ गर्न नमिल्ने । यस्तो अवस्थामा अंशबन्डाको लिखत नभए पनि अन्य प्रमाणहरूबाट छुट्टी-भिन्न भएको देखिएको अवस्थामा सोही प्रमाणलाई आधार मान्नुपर्ने । (प्रकरण नं.३) लामो समयदेखि आ–आफ्नो व्यवहार अलगअलग गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बन्डा भएको पुष्टि भएको र सम्पत्तिको विभाजनको स्थिति हेर्दा पनि प्रतिवादीका नाउँमा भन्दा वादीका नाउँमा बढी नै जग्गा रहेकोमा वादीले आफ्ना नाउँमा भएको जग्गा बिक्री गरी सबै सम्पत्ति सिध्याइसकेपछि हाल आएर अंशबन्डाको लिखत नभएको भन्ने आधारमा अंशमा दाबी गर्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11389
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2079/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा
मुद्दा नं.०६९-CI-१०१३ | ०६७-DP-०२१७
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11389
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्