नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11387 · वि.सं. २०८२

नि.नं. 11387 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबन्डा नभएका एकासगोलको घरपरिवारको नाममा रहेको सम्पत्तिलाई एकासगोलको मान्नुपर्ने । त्यस्तो सम्पत्ति सबै अंशियारहरूलाई बन्डा गर्नुपर्ने । कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा गर्नु नपर्ने सम्पत्ति हो भनी दाबी गर्नेले त्यस्तो सम्पत्ति पैतृक सम्पत्तिको लगानीबेगर आफूले निजी ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको हो भनी प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11387
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2079/08/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय । | माननीय न्यायाधीश डा.श्री कुमार चुडालको फरक राय । | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । | माननीय न्यायाधीश डा. श्री कुमार चुडालको राय सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीले व्यक्त गर्नुभएको रायसँग नै यो इजलास सहमत छ । | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय मनासिब हुँदा उक्त राय सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी भोलाप्रसाद सुवेदीसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
मुद्दा नं.०७८-DF-०००७ | ०७८-DF-०००८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11387
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्