नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11386 · वि.सं. २०८२
नि.नं. 11386 — हक कायम दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
छुट दर्ताका लागि सरकारद्वारा तोकिने म्याद सार्वजनिक स्वरूप लिइसकेका सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गरिदिने उद्देश्यले गरिने नभई व्यक्ति विशेषको भोगचलन हक स्वामित्वको संरक्षणका लागि हुने । दशकौँ दशक पछिसम्म छुट दर्ताको प्रक्रिया चालु राख्ने विधिकर्ताको मनसाय होइन । विधिकर्ताको यो सतर्कताले दर्ता छुट्नुको भरपर्दो औचित्यपूर्ण आधार दाबीकर्ताले प्रस्तुत गरेपछि मात्र निजको सो जग्गामा भोगचलन स्थापित रहे नरहेको हेर्नुपर्ने । सन्दिग्ध र अर्थ्याउनुपर्ने खालका प्रमाण कुनै पनि व्यक्ति विशेषको स्वामित्वका निर्धारक तत्त्व हुन नसक्ने । दाबीकर्ताको आचरण र व्यवहारलाई मूल्याङ्कन गरेर मात्र छुट जग्गा दर्ता हुने वा नहुने कुरा कारणसहित निर्णयकर्ताले निष्कर्ष निकाल्नुपर्ने । हक भन्ने कुरा परित्याग वा समर्पण गर्न सकिने । एक पटक समुदाय वा समाजलाई समर्पण गरी सकिएको सम्पत्ति छुट दर्ताका नाउँमा प्रतिसंहरण गर्न नसकिने । समर्पण लिखित माध्यमबाटै हुन आवश्यक नहुने । दशकौंदेखि सम्पत्तिको प्रयोग बगर, वन, जङ्गल पर्ती, गौचरण, खेलकुद मैदान, पाटी, पौवा, धर्मशाला, औषधालय, विद्यालय, पोखरी र बाटोसमेत जस्ता सार्वजनिक रूपमा भइरहेको र यो कुरा दाबीकर्ताको जानकारीमा छ तथा यथासमयमा सो सार्वजनिक भोगचलनलाई कानूनबमोजिम चुनौती दिइन्न, बरू उल्टो आचरणबाट सो सार्वजनिक भोगचलनलाई समर्थन गरी आएको देखिन्छ भने वादीको सो कार्य समर्पणको परिधिमा पर्ने । सम्पत्ति व्यवहारतः समाजलाई स्वेच्छिक रूपमा समर्पण गरिएको छ, छैन भन्ने कुरामा भने अदालतले तथ्य र प्रमाणलाई सतर्कताका साथ मूल्याङ्कन गर्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11386 |
|---|---|
| मुद्दाको विषय | हक कायम दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2081/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री प्रकाशकुमार काफ्ले | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल |
| मुद्दा नं. | ०६९-CI-११७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11386 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
