नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11385 · वि.सं. २०८२

नि.नं. 11385 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऋण लिँदा जमानत राखेको धितो बैंकबाट लिलामी प्रक्रियामा गइसकेपछि उक्त धितो फिर्ता माग गर्ने र प्राप्त गर्ने कुरा ऋणीको निर्विवाद अधिकार नहुने । बैंक तथा ऋणीको आपसी सहमतिबाट समझदारीमार्फत कार्यन्वयनमा जान सक्ने । अन्य कसैको हकको सिर्जना भइसकेको अवस्थामा त्यस्तो हकलाई निस्कृय वा निस्तेज पार्दा अर्काको हकको सुरक्षालाई पनि संवेदनशील भई हेर्नुपर्ने । (प्रकरण नं.७) गैरबैंकिङ सम्पत्तिलाई बैंकिङ सम्पत्तिमा रूपान्तरण गरेमा उक्त सम्पत्ति बैंकको उपयोग वा प्रयोगको रूपमा रहने सम्पत्ति हो भनी मान्नुपर्ने । बैंकिङ सम्पत्तिमा सम्बन्धित बैंकले आफ्नो उपयोगका लागि गरेको थप लगानी आफूलाई अवश्यक पर्ने संरचनाको निर्माण वा सोमा भएको लागत तथा खर्च, बैंकको आवश्यकता र त्य‍हाँको उपभोगको अवस्था आदि जस्ता जटिल कुराहरूलाई नजर अन्दाज गर्न नसकिने । (प्रकरण नं.१०) बैंकमा रहेको निक्षेपमा सम्बन्धित खातावालाको हक रहन्छ सोही प्रकारले बैंकले गरेको लगानी उठाउन पाउने बैंकको विशेष अधिकारको रूपमा रहेको हुने । सोही मर्मलाई सम्बोधन गर्ने अभिप्रायले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ को प्रावधान कार्यन्वयनमा रहेको मानिने । बैंकले गर्ने धितो लिलाम वा सकारको कारबाहीसमेत कर्जा असुलीकै निरन्तरताको रूपमा रहेको भनी बुझ्नुपर्ने । बैंकहरूले धितो लिलामी वा सकार गरिसकेपछि ऋणीको खाताबाट ऋणा कर्जा घटाई कर्जा राफसाफ गरी ऋणीलाई कर्जाको दायित्वबाट मुक्त गरिएको हुने । धितो लिलामी वा सकारको कारबाहीलाई निरपेक्ष वा अलग्गै विषयको रूपमा बुझ्नु उपयुक्त नहुने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11385
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2081/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल
मुद्दा नं.०७५-WO-०५४४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11385
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्