नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11383 · वि.सं. २०८२
नि.नं. 11383 — पूर्वादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
विद्युत् बिक्रीबाट हुने आयमा कति प्रतिशत कर लाग्ने भन्ने द्विविधा परेको अवस्थामा करदाताले विभागमा निवेदन दिएपछि आयकर ऐन, २०५८ को दफा ७६(२) मा उल्लिखित अवस्थामा बाहेक दुई पक्षबिच भएको करार, प्रचलित कानूनबमोजिमको आधार र कारणसहति पूर्वादेश जारी गर्नुपर्नेमा जारी गर्न परेन भनी गरेको विभागको निर्णय आयकर ऐन, २०५८ को दफा ७६ अनुकूल नदेखिने । कुनै आ.व. को आय विवरण बुझाएको कारणले मात्र भविष्यमा पनि सोहीबमोजिमको करको दररेटमा बुझाउनु पर्छ भनी आय विवरण बुझाउने पक्ष विबन्धित भएको अर्थ गरी मागबमोजिम पूर्वादेश जारी गर्ने कर्तव्यबाट विभाग विमुख हुन नमिल्ने । आएकर ऐनको दफा ७५ बमोजिम जारी गरिएको सार्वजनिक परिपत्रबाट कुनै करदाता विशेषको द्विविधा सम्बोधन नभएको अवस्थामा त्यस्ता करदाताले दफा ७६ बमोजिम निवेदन दिई पूर्वादेश माग गर्ने र विभागबाट पूर्वादेश जारी गर्ने व्यवस्था विभागको स्वेइच्छाको विषय नभई दफा ७५ को परिपूरकको रूपमा बाध्यात्मक प्रकृतिको देखिने । (प्रकरण नं.१३) आयकर ऐन, २०५८ को दफा ११५ बमोजिम विभागको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्ने र राजस्व न्यायाधिकरणले आफ्नो पुनरावेदकीय अधिकार प्रयोग गरी विभागबाट भएको कुनै पनि निर्णयको न्यायिक परीक्षण गर्न सक्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा पूर्वादेश जारी गर्ने अधिकार विभागलाई मात्र भएको, न्यायाधिकरणले पूर्वादेश जारी गरेको कानूनसम्मत नभएको मान्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11383 |
|---|---|
| मुद्दाको विषय | पूर्वादेश |
| निर्णय वर्ष / मिति | 2080/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल |
| मुद्दा नं. | ०७४-RB-०४८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11383 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
