नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11379 · वि.सं. २०८२

नि.नं. 11379 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी कसुरअन्तर्गत पर्ने बहुविवाह स्थापित हुनका निम्ति विवाहित पुरूषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेको भन्ने तथ्य भरपर्दो, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने । (प्रकरण नं.४) विवाह गर्ने सल्लाह हुनु र विवाह हुनु नितान्त फरक कुरा हुने । त्यसो त विवाह गर्ने विषयमा सल्लाह हुनु नै विवाह भएको अर्थ गर्न नमिल्ने । विवाहसम्बन्धी विषयमा सल्लाह गरेकै हो भने पनि सिर्फ सल्लाह मात्र हुने । त्यस्तो कार्य बिहाबारीको ९ नं. ले वर्जित गरेको कसुर हुन नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11379
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2080/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल | माननीय न्यायाधीश श्री भरतमणि खनाल | माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी
मुद्दा नं.०७४-CR-१६२६
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11379
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्