नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11378 · वि.सं. २०८२

नि.नं. 11378 — भन्सार मूल्याङ्कन

सिद्धान्त / नजिर सार (Headnote Summary)

भन्सार मूल्य कायम गर्ने प्रयोजनका लागि बीजक मूल्य आधारभूत र महत्त्वपूर्ण प्रमाण हुने भए तापनि बीजक मूल्य शङ्कास्पद देखिएमा सोही मूल्य नै कारोबार मूल्य हो भनी प्रमाण पेस गरी बीजक मूल्यको विश्वसनीयता पुष्टि गराउने जिम्मेवारी पैठारीकर्ताको हुने । बीजकको विश्वसनीयतामा शङ्का देखिएको अवस्थामा भन्सार ऐन, २०६४ ले निर्धारण गरेबमोजिमको विधि र प्रक्रिया अवलम्बन गरी भन्सार अधिकृतले कायम गरेको कारोबारको मूल्यलाई नै मान्यता दिनुपर्ने । केबल बीजक र भुक्तानीको प्रमाण वा प्रतीतपत्रको पर्याप्त प्रमाण मात्र कारोबार मूल्य हुने भनी मानेमा भन्सार ऐन, २०६४ को दफा १३ को कारोबार मूल्य निर्धारणसम्बन्धी अन्य व्यवस्था निष्प्रभावी हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11378
मुद्दाको विषयभन्सार मूल्याङ्कन
निर्णय वर्ष / मिति2081/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७९-RF-०००४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्