नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11377 · वि.सं. २०८२
नि.नं. 11377 — – बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीले गरेको कसुरमा देवानी र फौजदारी दुवै दायित्व संयुक्तरूपमा सिर्जना भएको अवस्थामा एकातिर पीडितको देवानी अधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ समाजमा दण्डहीनता रोक्न प्रतिवादीलाई आपराधिक दायित्व पनि वहन गराउनुपर्ने । देवानी र फौजदारी दुवै दायित्व एकीकृत रूपमा समाविष्ट भएको कसुरमा देवानी र फौजदारी न्यायिक प्रक्रिया एकैसाथ अघि बढाइनु स्वाभाविक तथा सामान्य न्यायिक प्रक्रिया रहेको देखिने । (प्रकरण नं.९) विधायिकी कानूनले व्यवस्था गरेअनुसारको आपराधिक तत्त्वसहितको कसुर गरेमा मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा बैंकिङ कसुरको अभियोग दाबीबमोजिमको कर्जा चुक्ता गर्दैमा प्रतिवादीले सफाइ नपाउने । बैंकिङ कसुर मुद्दाका कार्यहरूमा अन्तरनिहित आपराधिक तत्त्वको विद्यमानताको कसीमा फौजदारी दायित्व प्रतिवादीले वहन गर्नुपर्ने । (प्रकरण नं.११) सामूहिक आपराधिक कार्य (वयष्लत अचष्mष्लब िभलतभचउचष्कभक) कसुरजन्य कार्यको उद्देश्य राखी साझा उद्देश्य प्राप्त गर्न समूहका सदस्यको कुनै न कुनै रूपमा संलग्नता हुने हुँदा आपराधिक दायित्व समूहको सबै सदस्यहरूलाई वहन गराइनुपर्ने । सामूहिक आपराधिक कार्यमा सामूहिक अपराधभन्दा तुलनात्मक रूपमा समूहको सदस्यहरूबिच भरपर्दो तथा दरिलो सम्बन्ध तथा सञ्जालको निर्माण हुने हुँदा आपराधिक कार्य बढी प्रभावकारी हुने । पछिल्लो समय देखिएका कसुरको जटिलता एवं संरचित समूहबाट हुने कसुरमा तत्काल आपराधिक समूहको कुनै सदस्यको भौतिक आपराधिक तत्त्व (actus reus) नदेखिए तापनि आपराधिक समूहमा निजहरूको तुलनात्मक रूपमा दिगो र कसिलो सम्बन्ध रहने भई संयुक्त संलग्नताकै आधारमा आपराधले पूर्णता पाउने हुँदा आपराधिक सहकार्यको मात्राअनुसार सबै सदस्यहरूलाई दायित्व वहन गराउनुपर्ने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11377 |
|---|---|
| मुद्दाको विषय | – बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2081/03/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल | माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी |
| मुद्दा नं. | ०७९–RF–०११६ | ०७९–RF–०११४ | ०७९–RF–०११० | ०७९–RF–०११२ | ०७९–RF–०११५ | ०७९–RF–०११३ | ०७९–RF–०११७ | ०७९–RF–०१११ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11377 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
