नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11368 · वि.सं. २०८१

नि.नं. 11368 — जबरजस्ती करणी र मानव बेचबिखन

सिद्धान्त / नजिर सार (Headnote Summary)

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । ओसारपसार कुन उदेश्यले गरिएको छ सो पनि हेर्नुपर्ने । कसुरमा बेचबिखनको वा शोषणको वा वेश्यावृत्तिको उद्देश्य भएमा मात्र मानव बेचबिखन तथा ओसारपसारमा कारबाही हुने । तर विवाहको निमित्त गरिएको ओसारपसारलाई मानव बेचबिखनको निमित्त गरिएको ओसारपसारअन्तर्गतको कसुर मान्न नसकिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11368
मुद्दाको विषयजबरजस्ती करणी र मानव बेचबिखन
निर्णय वर्ष / मिति2081/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल | माननीय न्यायाधीश श्री प्रेमराज कार्की | माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू
मुद्दा नं.०७६-CR-०७७९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्