नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11367 · वि.सं. २०८१

नि.नं. 11367 — कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुरको अवस्थालाई जरियाको सिद्धान्त (Doctrine of Causation) को सन्दर्भमा हेर्दा प्रतिवादीहरूले अपहरण गरी लगेको कार्यकै परिणामस्वरूप मृतकको मृत्यु हुन पुगेको अवस्था भए जरियाको सिद्धान्त (Doctrine of causation) आकर्षित हुनेतर्फ विचार गर्न सकिने । किनभने Doctrine of Causation को सिद्धान्त “a man can only be held liable for the consequences of his actions” भन्ने मान्यतामा आधारित हुन्छ । जरियाको सिद्धान्त (Doctrine of Causation) स्थापित हुन मुख्य गरी Factual Causation र Legal Causation बिचको सम्बन्ध स्थापित हुनुपर्ने । अभियुक्तले गरेको कसुरजन्य कार्यको chain of causation भङ्ग भएको देखिन्छ भने पछिल्लो कसुरबापतको दायित्व अभियुक्तले बेहोर्नु नपर्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11367
मुद्दाको विषयकर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक
निर्णय वर्ष / मिति2079/11/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री राजेशकुमार काफ्ले | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री रमेशकुमार खत्री
मुद्दा नं.०७४-CR-००८६ | ०७४-CR-००८७ | ०७४-CR-०४०८ | ०७४-CR-०५२१ | ०७४-CR-०९३६ | ०७४-CR-१५३६
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11367
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्