नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11366 · वि.सं. २०८१

नि.नं. 11366 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि कानून अवैध घोषित नभएसम्म वैध हुने । सो कानूनबमोजिम भए गरेका निर्णय एवं काम कारबाहीहरू पनि संवैधानिक एवं कानूनी प्रश्‍न उठी बदर नहुँदासम्म स्वतः वैध मानिने । प्रश्‍न उठी बदर गर्नुपरेमा पनि जुन विषयमा प्रश्‍न उठी बदर गर्नुपरेको हो सो हदसम्म मात्र बदर गर्नु मनासिब हुने । नियुक्ति पाई परीक्षणकालसमेत समाप्‍त भई संस्थानमा कार्यरत अन्य कर्मचारीहरूको हकमा कुनै विवाद नै नभएको अवस्थामा संस्थानबाट भए गरेका सम्पूर्ण निर्णय एवं काम कारबाहीहरू बदर गर्नु न्यायसङ्‍गत नहुने । तत्काल प्रचलित कानूनसम्मत निर्णय एवं काम कारबाहीलाई मान्यता प्रदान गर्नु न्यायोचित हुने । (प्रकरण नं.१७) राष्‍ट्रिय बिमा संस्थानद्वारा तत्काल प्रचलित कानूनबमोजिम विज्ञापन भई उक्त विज्ञापनबमोजिम लोक सेवा आयोगबाट सञ्‍चालित खुला प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी नियुक्ति पाई संस्थानमा सेवारत कर्मचारीहरूले परीक्षणकालसमेत पूरा गरिसकेको अवस्थामा निजहरूको नियुक्तिलगायतका सम्पूर्ण काम कारबाहीसमेत बदर गर्नु अन्यायपूर्ण हुन जाने । (प्रकरण नं.१९) तत्काल कायम रहेको कानून वैध छ भन्‍ने अपेक्षाको आधारमा सम्पन्‍न भइसकेको प्रक्रियालाई पछि उक्त कानूनलाई बदर गर्दा सोले दिनसक्ने पश्‍चात्‌दर्शी असरको सम्बन्धमा विचारै नगरी संस्थानबाट भइसकेका सम्पूर्ण निर्णय एवं काम कारबाहीहरूसमेत बदर गर्ने गरी भएको संयुक्त इजलासको आदेश न्यायिक सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11366
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2081/04/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल
मुद्दा नं.०७८-NF-०००९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11366
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्