नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11364 · वि.सं. २०८१
नि.नं. 11364 — बकसपत्र लिखत बदर गरी अंश नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
२०४६ सालको बन्डापत्रबाट प्राप्त सम्पत्ति शेषपछिको बकसपत्र तथा दाखेल खारेजलगायतका प्रक्रियाबाट आफ्नो नाउँमा ल्याई उपभोग गर्ने तर बन्डापत्रलाई स्वीकार नगर्ने भन्न नमिल्ने । बन्डापत्रको परिणामलाई स्वीकार गरेपछि बन्डापत्रको बेहोरालाई पनि स्वीकार गरेको मान्नुपर्ने । (प्रकरण नं ।५) अंश मुद्दामा मूलतः सबै अंशियारहरूले बन्डापत्रमा सगोलको पैतृक सम्पत्ति नरमगरम मिलाई समानुपातिक रूपमा पाए नपाएको तर्फ न्यायोचित दृष्टिकोणले हेर्नुपर्ने । वादीले पाएको सम्पत्ति र अन्य अंशियारहरूले पाएको सम्पत्तिको प्रकृति र परिणामसमेत सालाखाला नरमगरम मिलेको देखिएको स्थितिमा बन्डापत्रमा उल्लेख गरिएको बेहोरा नै खम्बिर हुने । (प्रकरण नं ।६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11364 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र लिखत बदर गरी अंश नामसारी |
| निर्णय वर्ष / मिति | 2079/10/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल | माननीय न्यायाधीश श्री नीलम पौडेल | माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७८-NF-००१७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11364 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
