नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11361 · वि.सं. २०८१
नि.नं. 11361 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपालको संविधानको धारा १६८ को उपधारा (२) वा उपधारा (३) वा उपधारा (५) बमोजिम गठन भएको मन्त्रिपरिषद् वा त्यस्तो मन्त्रिपरिषद्को नेतृत्व गर्ने मुख्यमन्त्रीले धारा १८८ को उपधारा (३) बमोजिम विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा उल्लेख भएको छैन भन्ने अर्थ लगाउने हो भने प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको समर्थन नभएर धारा १८५ बमोजिमको गणपूरक संख्या पुगी सञ्चालन भएको प्रदेश सभामा धारा १८६ बमोजिम उपस्थित सदस्य संख्याको बहुमत प्राप्त व्यक्ति मुख्यमन्त्री भई उसको नेतृत्वको मन्त्रिपरिषद्ले शासन सञ्चालन गर्ने अवस्थाको सिर्जना हुन जाने र त्यस्तो अवस्था संसदीय शासन प्रणालीको आधारभूत सिद्धान्त र नेपालको सविधानको धारा १६९ (१)(ख) र धारा १८८ मा भएको व्यवस्थाअनुकूलसमेत मान्न नसकिने । (प्रकरण नं.५) बहुमत संसद् सदस्यहरूले समर्थन नगरेको अल्पमतको सरकार स्वीकार्य नहुने संसदीय शासन प्रणालीको आधारभूत मान्यतासँग धारा १८८(३) को विश्वासको मतको प्रस्तावमा मतदानको व्यवस्था प्रत्यक्ष जोडिएको प्रदेश सभामा हुने सबै प्रस्तावमा धारा १८६ बमोजिम मतदान हुने भएमा बहुमत नरहेको सरकारले निरन्तरता पाउन सक्ने अवस्थालाई संविधान निर्माताहरूले पूर्वानुमान गरी व्यवस्थापिकाबाट गठन हुने कार्यपालिकाको नेतृत्व गर्ने व्यक्तिसँग प्रदेश सभामा कम्तीमा बहुमत अर्थात् प्रदेश सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढीको समर्थन रहनैपर्ने धारा १८८ को उपधारा (३) को मतदानको व्यवस्था नै धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीका लागिसमेत बाध्यात्मक व्यवस्था हो भन्ने अर्थ नै संविधानसम्मत र स्वाभाविक हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11361 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2081/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल |
| मुद्दा नं. | ०८०-WO-११७५ | ०८०-WF-०००१ | ०८०-WF-००१२ | ०८०-WO-१०६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11361 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
