नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11360 · वि.सं. २०८१
नि.नं. 11360 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियोगपत्रमा दाबी लिएभन्दा फरक कसुर ठहर गर्दा वा फरक दफाबमोजिम सजाय गर्दा अदालत आफैँले वादीको स्थान लिन पुग्ने भएकाले त्यसतर्फ अदालत सजग रहनु उचित मानिने । तथापि अभियोग दाबीबमोजिमको कसुरमा प्रमाणको परीक्षण हुँदै जाँदा सो कसुर स्थापित नभई सोही प्रमाणबाट अन्य कुनै दोस्रो कसुर स्थापित भएको देखिएमा केवल अभियोगपत्रमा सो कसुरको दाबी नलिएकै आधारमा प्रमाणबाट पुष्टि भएको तथ्यलाई नजर अन्दाज गर्नु न्यायको रोहमा उचित मान्न नसकिने । प्रतिवादीले प्रचलित कानूनले निषेध गरेको अन्य कसुर गरेको पुष्टि हुन्छ भने अभियोग दाबीको कसुर पुष्टि नभएका आधारमा प्रमाणले पुष्टि भएका कसुरसमेत ठहर गर्न इन्कारी गर्नु वा माग दाबीभन्दा भिन्न दफाबाट सजाय गर्न इन्कार गर्नु अन्ततः न्यायको इन्कारी गर्नुसरह हुने । अभियोगदाबीभन्दा ठुलो वा गम्भीर कसुर ठहर गर्नु वा अर्को कानूनी व्यवस्था वा अर्को दफाबमोजिम सजाय गर्दा अभियोगपत्रमा दाबी लिएभन्दा बढी सजाय गर्नु भने फौजदारी न्यायको मान्यताअनुकूल मान्न नसकिने । एउटा दफाबमोजिमको अभियोगदाबी भएकोमा अर्को दफाबमोजिमको कसुर ठहर गर्न वा अभियोग दाबी बराबर वा सोभन्दा कम सजाय गर्न प्रचलित कानून तथा फौजदारी न्यायको मूल्य मान्यताका आधारमा समेत बाधा नदेखिने । (प्रकरण नं ।९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11360 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2080/09/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री राजुकुमार खतिवडा |
| मुद्दा नं. | ०७७-CR-०३२९ | ०७७-RC-००५० | ०७९-FN-११३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11360 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
