नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11359 · वि.सं. २०८१

नि.नं. 11359 — प्रतिलिपि अधिकार उल्लङ्घन

सिद्धान्त / नजिर सार (Headnote Summary)

रचयिताको रचना रचयिताको प्रतिबिम्ब हुने । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले नै रचयिताको आर्थिक र नैतिक अधिकारको ग्यारेन्टी गरेको देखिने । रचयिताको आर्थिक अधिकार कायम नरहनु र नैतिक अधिकार कायम रहनु दुई फरक विषय हुने । आर्थिक अधिकार हस्तान्तरण भए तापनि रचयिताको कामको जन्मदाता (पातेर्निती मतेर्निती) को हैसियतले निजको नैतिक अधिकार निजमा नै रहिरहने । प्रतिलिपि अधिकारमा नैतिक अधिकार प्राप्त व्यक्तिको हैसियतले निजको व्यक्तित्व र मर्यादाको अधिकारसमेत रहने । यस अधिकारभित्र रचयिताको उत्पादन सिर्जनाको अनैतिक प्रयोग वा दुरूपयोगबाट संरक्षणको अधिकारसमेत पर्ने । नैतिक अधिकार स्वाभाविक रूपमा नैतिक प्रकृतिको हुने । जब कुनै नैतिक गल्ती हुन्छ, त्यसको उपचार दण्डात्मक उपायहरूमा नभई नैतिक सुधार (मोरल रेफोर्म्) र पुनर्स्थापना (रेस्टओरसन) मा हुने । (प्रकरण नं ।११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11359
मुद्दाको विषयप्रतिलिपि अधिकार उल्लङ्घन
निर्णय वर्ष / मिति2080/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री भोजराज अधिकारी | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द
मुद्दा नं.०७२-CR-१७६३ | ०७२-CR-१७७०
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11359
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्