नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11355 · वि.सं. २०८१

नि.नं. 11355 — जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्ने । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्‍त गरेको हुनुपर्ने । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्ने । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्‍नुपर्ने । नापीका समयमा पर्ती जनिएकोमा उक्त पर्ती जनिएका उपर कुनै उजुर गरी आफ्नो भन्ने प्रमाण पेस गरी आफ्नो नाउँमा दर्ता कायम गर्न नसकेको विवादित जग्गा लामो अवधिसम्म अटुटरूपमा भोग गर्नेका नाममा दर्ता हुन आएको र उक्त दर्ता कानूनसङ्गत नै देखिने । (प्रकरण नं ।९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11355
मुद्दाको विषयजग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ ।
निर्णय वर्ष / मिति2079/11/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई | माननीय न्यायाधीश श्री नारायणप्रसाद दाहाल | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । | माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी ।बाट मिति २०७८।११।२६ मा भएको राय । | माननीय न्यायाधीश श्री तेजबहादुर के । सी ।को राय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । को रायका साथै वादीको पुनरावेदन जिकिर र निजको तर्फबाट बहस पैरवी गर्नु हुने कानून व्यवसायीहरूको बहस जिकिरसँग समेत सहमत हुन सकिएन ।
मुद्दा नं.०७९-DF-०००२ | ०७९-DF-०००३
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11355
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्