नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11353 · वि.सं. २०८१

नि.नं. 11353 — जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपालमा अन्य देशजस्तो इच्छापत्र वा वसियतनामा लेख्ने व्यवस्था नभए तापनि मुलुकी देवानी संहिता, २०७४ को दान तथा बकससम्बन्धी व्यवस्थाले केही हदसम्म वसियतात्मक (तेस्तामेन्टअरी) अधिकारलाई मान्यता दिएको निष्कर्ष गर्नु अनुचित नदेखिने । शेषपछि खाने गरी इच्छापत्र वा बकसपत्र गरिदिएको अवस्था नरहेमा कुनै व्यक्तिको मृत्युपछि निजको सम्पत्तिको हक नजिकको हकवालामा कानूनबमोजिमको प्राथमिकताक्रमअनुसार सर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ अनुरूप अपुताली खुला भएको सम्पत्ति नै अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) रहेको देखिने । (प्रकरण नं ।१२) हिन्दु कानूनी प्रणालीसमेतले अङ्गीकार गरेको हकवाला नभएको मृतकको सम्पत्ति राज्य वा सरकारमा सर्ने अवधारणा (दोक्तृने ओफ एस्चेअत्) लाई मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ मा समावेश गरिसकेकोमा मृतकको हकवाला नभएको स्थितिमा निजको सम्पत्तिबाट भए साहुको रकम तिरी बाँकी रहेको जग्गासहितको सम्पत्तिको हक तथा स्वामित्व सम्बन्धित स्थानीय तहमा सर्नेमा विवाद गरिरहनु नपर्ने । (प्रकरण नं ।१३) मुलुकी ऐन, अपुतालीको महलको २ नं । को देहाय २ तथा १६ नं ।बमोजिम अपुतालीको सम्पत्ति हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा नेपाल सरकारको नाममा कायम हुने भनी उल्लेख भएकोमा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८(१) बमोजिम कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्‌गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने । (प्रकरण नं ।१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11353
मुद्दाको विषयजालसाज
निर्णय वर्ष / मिति2080/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री दिपककुमार कार्की
मुद्दा नं.०६६-CR-०८२४
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11353
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्