नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11302 · वि.सं. २०८१

नि.नं. 11302 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्राकृतिक रूपमै जैविक आमाजति नजिक आत्मीय सम्बन्ध नाबालिग बच्चाको लागि अरू कोही हुन नसक्ने । कानून र कानूनी सम्बन्धले मात्र बच्चाको हित नहुने । कानूनी अधिकार र दायित्वले मात्र बच्चाको आमासँगको नजिकको सम्बन्ध तोड्न र आमासँगको माया विस्थापित गर्न नसक्ने । आमा र बच्चाको आत्मीय सम्बन्धको संरक्षण गरी मानवीय र मातृत्व दृष्टिकोणबाट आमाको जैविक संरक्षकत्वको विषयमा समेत बालअधिकारसम्बन्धी महासन्धिअन्तर्गत बालकको सर्वोत्तम हितको आधारबाट अदालत निष्कर्षमा पुग्नुपर्ने । अर्कोतर्फ प्रस्तुत विवादको विषय जुदिकिअल्ली म्यानेज गर्नुपर्ने भए पनि जुदिकिअल्ली रेस्टरैन पनि राख्नुपर्ने हुँदा कानून र न्याय दुवैको रोहमा हेर्नुपर्ने । (प्रकरण नं ।२३) विपक्षीले आफ्नो छोरीलाई नेपालमा ल्याई नेपाललाई ट्रान्जिट देशको रूपमा प्रयोग गरेको देखिएको र विपक्षीहरूबाट नेपाल आफ्नो मुलुकमा जाने बाटो मात्र बनाइएको, बच्चा भारतीय नागरिक नरहेको, बच्चालाई बाबुले नेपाल प्रवेश गराई तत्कालै अमेरिकन दूतावासमा उपस्थित गराई पासपोर्टसमेत प्राप्त गरी निजको प्रवेशलाई वैधानिकता प्रदान गरी बसेको देखिएको र अमेरिकन दूतावासबाट यात्राको सहजीकरणको निमित्त जारी गरिएको यात्रा दस्ताबेज (ट्रवेल दोकुमेन्ट) मा उल्लिखित निषेधित सर्त प्रतिकूल हुने गरी अन्य देशमा जान बाध्य गर्न सक्ने अवस्थासमेत नदेखिने । (प्रकरण नं ।२७) नाबालक बच्चालाई अदालतमा उपस्थित गराई भेट गरी छलफल गराउने क्रममा आमा बुबा दुवैसँग हुँदा छुट्टै बसी भेट्दासमेत बच्चाले आमासँग बस्दाको सहजता र बच्चालाई बाबु-आमा दुवैजना चाहिन्छ, आफ्नो बुबा भारतमा जान सुरक्षित छैन भन्ने जस्ता बालिकाको अभिव्यक्ति र आमालाई भेट्दा आमा र बच्चाबिच भएको मातृत्व, आत्मीयता र मनोदशापूर्ण अभिव्यक्तिलाई यो इजलासले अनदेखा गर्न नमिल्ने । (प्रकरण नं ।२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11302
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2079/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री  सपना प्रधान मल्ल
मुद्दा नं.०७८-WH-०१९८
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11302
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्