नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11301 · वि.सं. २०८१
नि.नं. 11301 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको विषय फौजदारी कसुरको पाटो हुने । त्यस्तो उजुरी तामेलीमा राखिने निर्णय भए तापनि प्रहरी प्रधान कार्यालयबाट भएको अनुसन्धानको विषय प्रहरी आचरण विरूद्धको काम कारबाहीमा विभागीय कारबाहीको पाटो हुने भएकाले यी दुई फरक विषय हुने । प्रहरी कर्मचारीले ऐन, नियमले तोकेको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आचरण र दायित्वको प्रतिकूल हुने गरी कुनै काम कारबाही गरेको अवस्थामा अख्तियार प्राप्त अधिकारीले प्रहरी ऐन एवं नियमावलीमा उल्लेख भएको कानूनी व्यवस्था र कार्यविधिबमोजिम त्यस्ता प्रहरी कर्मचारीलाई विभागीय कारबाहीको सजाय गर्न सक्ने । भ्रष्टाचारमा अनुसन्धान गर्ने अख्तियारी नभएको निकायले छानबिन गरी भ्रष्टाचार मुद्दा नचल्ने निर्णय गरी तामेलीमा राख्नुको अर्थ विवादित विषय (मेरित्) मा प्रवेश नभएकै अवस्थामा दोहोरो कारबाही भएको भनी मान्न नमिल्ने । (प्रकरण नं ।८) विभागीय कारबाही प्रशासनिक निकायबाट हुने कारबाही हो र यो अदालतभन्दा भिन्न प्रकृतिको मुद्दाको सन्दर्भमा दोहोरो खतराको सिद्धान्त आकर्षित भएको भन्न नमिल्ने । (प्रकरण नं ।९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11301 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७८-WO-०२०४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11301 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
