नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11300 · वि.सं. २०८१
नि.नं. 11300 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
रेट्रोफिटिङ गर्ने वा जीर्णोद्धार गर्ने भन्ने जस्ता कार्यहरू नितान्त प्राविधिक विषय भएकोले यस्तो विषयमा प्राविधिक तवरले प्रमाणित भएमा बाहेक भावनात्मक रूपमा दिइएको सल्लाह र सुझावको खासै अर्थ नरहने । सरसर्ती हेरेर वा अवलोकन गरेर बनाइएको धारणाभन्दा पनि सो घरका सम्बन्धमा गरिएको प्राविधिक जाँच र परीक्षणबाट सो घर संरक्षणका लागि सुदृढीकरण (retrofitting), जीर्णोद्धार (restoration) वा पुनर्निर्माण (reconstruction) मध्ये के कुन पद्धति प्रयोग गर्न उपयुक्त हुने हो भन्ने सम्बन्धमा विज्ञ एवम् प्राविधिकहरूले निकालेको निष्कर्ष नै महत्त्वपूर्ण र स्वीकारयोग्य हुने । विना प्राविधिक आधार र कारण निवेदकले विज्ञलाई उद्धृत गर्दै व्यक्त गरेको कथनको भरमा महाकवि देवकोटाको घर रेट्रोफिटिङ वा जीर्णोद्धार पद्धतिबाट नै दुरूस्त तुल्याउन सम्भव हुने भनी अर्थ गर्न मनासिब नहुने । (प्रकरण नं.३) पुरानोपन बोकेको घर हो भन्दैमा सबै घर पुरातात्विक महत्त्वका नहुने । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले पनि विशिष्ट व्यक्ति बसोबास गरी आएको भन्ने आधारमा नै त्यस्तो घरलाई पुरातात्विक वस्तु मानिने । यस दृष्टिले महाकवि देवकोटालाई कविकुञ्जको सापेक्षतामा नहेरी महाकवि देवकोटाको निवास रहेको कविकुञ्जलाई महाकवि देवकोटाको सापेक्षतामा हेर्नु वाञ्छनीय हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11300 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/10/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७८-WO-०१२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11300 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
