नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11296 · वि.सं. २०८१

नि.नं. 11296 — अपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै महिलाले सामूहिक करणी गर्न सहमति दिन्छ भन्नु महिलाको अस्मिता मात्र होइन मानवीय सभ्यता, चेतना, सामाजिक शिष्टता एवं न्यायपूर्ण समाजको परिकल्पना विरूद्धको कुरा हो । यस्तो तर्क र जिकिरमा फौजदारी न्याय प्रणाली आधारित गराउन नमिल्ने । न्याय अभियुक्तले मात्र होइन पीडित र समाजले समेत पाउनुपर्ने । समय र परिस्थितिले गालेको, असंरक्षित पीडित यसको अपवादमा पर्न नहुने । झुठ्ठा र फरेवी कुराको चेपमा परी न्यायले हार्नु नहुने । अदालतले समाजमा रहेको अशिक्षा, पछौटेपन र गरिबीसमेतका तत्त्वले न्यायलाई प्रभावित पार्न सक्छ भन्ने हेक्का राखी न्याय निरूपण गर्नुपर्ने । तर्करहित र बनावटी कुरा गरी सहमति थियो भन्यो भने न्याय स्खलित हुन पुग्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11296
मुद्दाको विषयअपहरण तथा शरीर बन्धक लिई जबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई
मुद्दा नं.०७४-CR-१३१८ | ०७७-CR-०५९७
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11296
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्