नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11290 · वि.सं. २०८१
नि.नं. 11290 — उत्प्रेषण / परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
नागरिकता राज्यसँग सम्बन्ध जोड्ने, व्यक्तिको पहिचानको महत्त्वपूर्ण प्रमाण हो । यो व्यक्तिको राष्ट्रियताको अधिकारसँग पनि सम्बन्धित रहेको हुने । कुनै पनि व्यक्तिले राज्यद्वारा प्रदान गरिने नागरिक, राजनीतिक, आर्थिकलगायतका अधिकारप्राप्त गर्ने आधार नै नागरिकता हो । नागरिकता प्राप्त गर्नु कुनै पनि व्यक्तिको नैसर्गिक अधिकारभित्र रहेको हुँदा नागरिकता नहुँदा राज्यद्वारा प्रदत्त अधिकारहरूको उपयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना हुने । (प्रकरण नं. १३) वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर नपर्ने । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक रिट निवेदकको आमा वंशजको नेपाली नागरिक नै रहने । केवल प्रमाण पत्र पछि लिएको भन्ने विषयले वंशजको आधारमा पाउने नागरिकताको पहिचानलाई असर पार्दछ भन्न नमिल्ने । रिट निवेदकको आमा वंशजको नागरिक भई नेपाली नागरिकतालाई योग्य भएको तर नागरिकता प्रमाण पत्रसम्म पछि लिएको आधारमा मात्र निजको नागरिकतालाई अन्यथा भन्न नसकिने । यो संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य व्यक्ति नेपालको वंशजको नागरिक ठहर्ने नै देखिने । (प्रकरण नं. १५) नेपालमा नै जन्मी नेपालमा नै हुर्की स्वतन्त्र जीवनयापन गर्न, शिक्षा प्राप्त गर्न, प्राप्त शिक्षाको समकक्षता प्रमाणपत्र पाउन नसक्ने अवस्थामा एउटा व्यक्ति पुग्ने परिकल्पना संविधानले गरेको छैन । अधिकारको अधिकारपत्रको रूपमा रहेको नागरिकताको संवैधानिक अधिकारबाट कार्यविधि अड्चनको नाममा लामो समय वञ्चित बनाउनु संविधानअनुकूल नहुने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11290 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७८-WO-०५२८ | ०७७-WC-००७४ | ०७३-WO-१३६२ | ०७३-WO-१११५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11290 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
