नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11289 · वि.सं. २०८१
नि.नं. 11289 — बन्दीप्रत्यक्षीकरणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
मानिसको जीवन एउटै मात्र हुने भएकाले जीवनपर्यन्त थुनामा राख्नुपर्ने व्यक्तिलाई दुईवटा जन्मकैदको सजाय कार्यान्वयन हुने भन्नु न्यायोचित नहुने । कानूनतः पहिलो जन्मकैदको सजाय भोगी कैदबाट छुटेपछि फेरि अर्को जन्मकैदको सजाय हुने खत गरेको अवस्थालगायतका तोकिएका केही अवस्थामा बाहेक जन्मकैदको सजाय भोगिरहेको कसुरदारलाई थप कैद वा जन्मकैदको सजाय हुन नसक्ने । (प्रकरण नं. १०) प्रचलित कानूनमा दुईवटा मुद्दामा भएको फरक फरक जन्मकैदको सजाय कार्यान्वयन गर्दा एउटा जन्मकैदको अवधि भुक्तान भएपछि अर्कोको गणना गर्नुपर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नभएको अवस्थामा एउटा जन्मकैदको सजाय भुक्तान गरेपछि अर्को जन्मकैदको सजायको अवधि गणना हुने गरी सजायको कार्यान्वयन गर्न नहुने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11289 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणसमेत |
| निर्णय वर्ष / मिति | 2079/12/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७९-WH-०१२७ | ०६८-CS-०३४७ | ०६८-CS-०८५२ | ०६८-CS-०४०४ | ०७८-WF-००२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11289 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
