नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11287 · वि.सं. २०८१
नि.नं. 11287 — कर्तव्य ज्यान डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
सैद्धान्तिक अवधारणातर्फ दृष्टिगत गर्दा गुप्त, सूक्ष्म र समन्वयात्मक ढङ्गले गरिने कार्य आपराधिक षड्यन्त्र हुने । षड्यन्त्रमा तयारीलगायतका विभिन्न चरण रहने र षड्यन्त्रमा संलग्न पक्षको हरेक चरणमा गरिने भूमिका किटान गरिएको हुने । अर्थात् षड्यन्त्रकारीका बिचमा भूमिकाको बाँडफाँट हुन्छ जुन भूमिकालाई समन्वयात्मक ढङ्गले कार्यान्वयन गरिने । षड्यन्त्रको अपराधमा संलग्न व्यक्तिको वारदातमा क्रियाशीलता वा सक्रियता स्पष्ट हुनुपर्ने । यसमा लक्षित अपराध घटाउन तयारी गर्ने, संलग्न व्यक्तिहरूका बिचमा भूमिका वा जिम्मेवारीको बाँडफाँट गर्ने, अपराध घटाउन हतियारलगायतका आवश्यक सामग्री जुटाउने तथा घटना घटाउन दिन किटान गर्ने जस्ता सुनियोजित एवम् योजनावद्ध तवरले कार्य गरिने । वारदात षड्यन्त्रपूर्वक घटाइएको हो भने वारदातमा संलग्न सबै व्यक्तिको सक्रिय भूमिका षड्यन्त्रमा कुनै न कुनै रूपमा दर्सिएको हुनुपर्छ तथा सोही आधारमा आरोपित गरिएको हुनुपर्ने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11287 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान डाँका |
| निर्णय वर्ष / मिति | 2078/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| मुद्दा नं. | ०७१-CR-०३८४ | ०७६-CR-०१९२ | ०६९-CR-००१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11287 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
