नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11286 · वि.सं. २०८१
नि.नं. 11286 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादी कुनै तवरबाट अदालतमा प्रवेश गर्नु, प्रवेश गरे पनि पतिसमेतबाट अंश विमुख हुने गरी मिलापत्र गर्नु, गराउनु, गर्न लगाउनु, मिलापत्र गरी केही रकम मासिक पाउन सहमत भए पनि सोसमेत उपलब्ध नगराउनु, वर्षौंपछि पुनः न्यायको आशामा अदालत आउँदासम्म पतिले आफ्नो नामको सम्पत्ति परिवारकै अन्य सदस्यको नाममा नामसारी गरिदिएबाट पतिको नाममा पूर्वमिलापत्र कार्यान्वयन गर्न अदालतबाट प्रक्रिया चाले पनि कार्यान्वयन हुन नसक्ने सुनियोजित वातावरण तयार हुनुबाट हाम्रो न्याय व्यवस्थाको कमजोर पक्षको फाइदा लिने पर्याप्त प्रयत्न भएको देखिएको अवस्थामा यो अदालत कानूनको सामान्य कार्यविधि, सिद्धान्त र पूर्वकारबाहीबाट निकालिएको निष्कर्ष मात्र हेरेर बस्न नसक्ने । लामो समयसम्म न्यायको आशामा पतिबाट पनि बेवास्ता गरिएको महिलाको अधिकार सुरक्षित र सुनिश्चित गर्न न्यायको मान्य सिद्धान्तहरूको अनुशरण गर्दै निजलाई निरअंशी हुनुबाट रोक्नु नै न्यायसङ्गत हुने । (प्रकरण नं. ४) अंशलाई व्यक्तिको सम्पत्तिसम्बन्धी कानूनी हकको रूपमा हेरिनुपर्ने । वादी निरक्षर भएको भन्ने कुरा निजबाट भएको लिखतहरूमा ल्याप्चे मात्र भएको देखिएको अवस्थामा परिवारका अन्य सदस्यहरूले आपसमा मिलेमतो गरी त्यस्तो महिलालाई निरअंशी बनाउने गरी विभिन्न बहानाहरू रची मिलापत्रलगायतका कागजहरू गराएकै कारणले मात्र निजको सम्पत्तिसम्बन्धी हकअन्तर्गतको अंश हक नपाउने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11286 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2079/07/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७२-CI-१३६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11286 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
